आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३

रामतुलसी माविमा ३ करोड ३५ लाखको लागत १३ कोठे भवन निर्माण सुरु



असोज २५ ।
पाल्पा, रामतुलसी माध्यमिक विद्यालयमा ३ करोड ३५ लाखको लागतमा १३ कोठे पक्की भवनको शिलान्यास गरिएको छ। जिल्लाकै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आवश्यक पूर्वाधार परिपूर्तिका निर्माण सुरु भएको भवनको आइतबार शपलान्यास गरिएको हो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ(अशोक), प्रधानाध्यापक बालकृष्ण लम्साल लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, सानोठिमी भक्तपुर बाट विनियोजिट बजेट अन्तर्गत निर्माण हुन लागेको भवनको निर्माणको प्रक्रिया गत असार महिनादेखि सुरु भएको थियो । भवन निर्माण कार्य जय धनञ्जय र थ्री डट्स जेभीले सम्झौता गरी अघि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीले सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालका अनुसार विद्यालयमा दुईवटा शैक्षिक भवन निर्माणको प्रक्रियामा रहेको छ । सम्पन्न भएपश्चात २४ कोठाको शैक्षिक संरचना, दुईवटा अत्याधुनिक शौचालय तथा खानेपानी ट्याङ्की निर्माण हुने जानकारी दिनुभयो ।

उहाँले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार भएको बताउँदै व्यवस्थित कक्षाकोठा, उपयुक्त फर्निचर तथा आवश्यक शैक्षिक सामग्रीको उपलब्धताले पठनपाठनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो।

निर्माण कम्पनीका प्रतिनिधि रविन सुवेदीले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माण संगै आवश्यक फर्निचर, टायल्स लगाएतो कार्य हुने बताउनुभयो । नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार थप व्यवस्थित हुनुका साथै विद्यार्थीलाई गुणस्तरीय र सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend