शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३

साविक गजरकोट नेवाः समूह द्वारा शुभकामना आदनप्रदान



असोज ३० ।
पाल्पा, साविक गजरकोट नेवाः समूह रामपुर, पाल्पाले शुभकामना आदनप्रदान गरेको छ । नेपालीहरूको महान् पर्व २०८३ को बडादसैँ, शुभदिपावली, म्हपूजा, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।



शुक्रबार रामपुरमा कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरिएको हो । साविक गजरकोट नेवाः समूह रामपुर, पाल्पाका अध्यक्ष ऋषिराम श्रेष्ठ (राजु)को अध्यक्षतामा भएको कार्यक्रम समूहका संस्थापक अध्यक्ष एवं सल्लाहकार संयोजक क्याप्टेन ओम नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेवाः समुदायको मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, समूहका सल्लाहकार विनोद श्रेष्ठले चाडपर्वले परिवार, समाज र समुदायबीच आत्मीयता बढाउनुका साथै सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा समूहका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, सदस्यहरू सपना श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, तिल बहादुर श्रेष्ठ, मञ्जु श्रेष्ठ, कमल श्रेष्ठ, मालती श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्दै सबैको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। रामपुरस्थित होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम समूहका उपाध्यक्ष हेम कुमार श्रेष्ठको स्वागत र सचिव झुल बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend